नेपाली बजारमा बढ्यो सुनको मूल्य
काठमाडौँ । आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ७२ हजार रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ सयले बढ्दै ७२ हजार १ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ सयले बढ्दै ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छ ।
चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ६५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्