तपाईँ सुन्दै हुनुहुन्छः

‘साग’ का लागि विदेशी टोली आउने क्रम शुरु

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने विदेशी टोली पूर्वाभ्यासका लागि काठमाडौं आउने क्रम सुरु भएको छ ।

जसअनुसार सागमा सहभागिता जनाउने बंगलादेशको पौडी टोली काठमाडौं आउने पहिलो टोली पनि बनेको छ ।

हाइअल्टिच्युड तालिमका लागि आइतबार राति काठमाडौं आइपुगेको टोलीमा १३ पुरुष र ९ महिला खेलाडी छन् । टोलीले सोमबारदेखि नै कालोपुलस्थित वेस्ट भेन्युको पौडी पोखरीमा प्रशिक्षण सुरु गरिसकेको जानकारी नेपाल पौडी संघका सचिव ईश्वर कार्कीले जानकारी दिनुभयो ।

सागको पौडीमा ३४ स्वर्ण पदकका लागि भूटानबाहेक ६ मुलुकको सहभागिता रहने छ ।
सागमा सुरुमा २५ खेल समावेश हुने भनिएको थियो । तर, आयोजकको हैसियतमा नेपालले दुई खेल थप्यो, क्रिकेट र प्याराग्लाइडिङ ।

कारण क्रिकेट नेपालमा लोकप्रियताको शिखरमा छ । अन्तराष्ट्रिय क्रिकेटमा पुरुष टिमले नतिजा समेत ल्याईरहेको छ । सोही चर्चा र सम्भावनालाई समाउँदै नेपालले सागमा क्रिकेटको प्रस्ताव गरेको हो । सागको ईतिहासमा यसअघि एक पटकमात्र क्रिकेट समावेश भएको छ । त्यो पनि पुरुष क्रिकेटमात्र ।

तर, नेपालले पुरुष र महिला क्रिकेटलाई आसन्न सागमा समावेश गरेको छ । महिला क्रिकेट पोखरामा सञ्चालन हुनेछ । सो क्रिकेटमा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

महिला क्रिकेट टिमले करिब ३ महिना अघिदेखि सागमा स्वर्ण पदक ल्याउने लक्ष्य सहित त्रिवि मैदानमा अभ्यास गरिरहेको छ । सागको तयारीमा ३५ खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षण सुरु भएको थियो ।

अन्तिममा रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको छ । सागमा नेपालको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशले कडा चुनौती दिनेछन् ।

अर्का टेष्ट राष्ट्र भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने भएका छन् । सागमा नेपालको मुख्य चुनौती भारत र पाकिस्तान रहेको थियो ।

तर, कारणबस यी दुवै टोलीले साग क्रिकेटमा सहभागिता नजनाउने भएपछि नेपाललाई स्वर्ण पदकको दाबेदारको रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button