तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

तुलसीपुर। वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका–१७ बर्गदी निवासी रोहिणीदेवी शर्माको सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही–१५ मा असामयिक निधन भएको हो ।

बिरामी शर्माको उपचारका क्रममा घरमै आज बिहान ५ बजे निधन भएको हो । उहाँको आजै दिउँसो १२ बजे घोराहीको कटुवाखोलास्थित शङ्खेपिपलघाटमा दाहसंस्कार गरिने छ । शर्माका चार छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button