तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुस्ः आयोग

काठमाडौं -निर्वाचन आयोगले यही मङ्सिर १४ गते उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न/नगराउन निर्देशन दिएको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारीलगायतका कार्यक्रममार्फत योजना छनोट र बजेट बाँडफाँट नगर्न निर्देशन दिएको हो ।

वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र त्यस प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन, शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन वा त्यसका लागि अनुमति दिने कार्य निर्वाचन आचार संहिताविपरीत हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिनिधिसभा, प्रदेससभा सदस्य र स्थानीय तहको उपनिर्वाचन हुने कास्की, भक्तपुर, बाग्लुङ र दाङ जिल्ला र तत् स्थानीय तहमा कात्तिक ८ गतेदेखि निर्वाचन आचार संहिता लागू भइसकेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button