धनगढी बिमानस्थल एक महिनासम्म आंसिक बन्द हुने , हवाई सेवा प्रभावित

धनगढी – कैलालीको धनगढी विमानस्थल आजदेखि दैनिक दिउसो ३ः०० बजेदेखि बिहान ७ः०० बजेसम्मका लागि बन्द गरिएको छ ।
धनगढी नागरिक उड्डयन कार्यालयले धावनमार्ग मर्मत गर्नु पर्ने भएकाले आजदेखि एक महिनासम्म बिमानस्थल आंसिक रुपमा बन्द बन्द गरिएको जनाएको छ ।
कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्गको मर्मत सम्भार तथा स्तरोन्नती गर्ने कार्यका लागि दिउँसो ३ः०० बजेदेखि बिहान ७ः०० बजेसम्म बिमानस्थल बन्द रहने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशमा नियमित हवाइ उडान हुदँै आएको एक मात्र धनगढी बिमानस्थल एक महिनासम्म बन्द रहने भएपछि हवाई सेवा प्रभावित भएको छ ।
आजदेखि धनगढी बिमानस्थलमा रात्रीकालिन हवाई सेवा रोकिएको बताइएको छ । यस विमानस्थलमा बुद्धऐर, श्रीऐर, नेपाल ऐरलाइन्सले हवाइ उडान भर्दै आएका छन् ।
नागरिक उड्डयन कार्यालयका अनुसार १८ सय मिटर लम्बाई र ६० मिटर चौडाइ रहेको धावनमार्गको दुवैतर्फ थप दुइ÷दुइ मिटर फराकिलो बनाउने गरि बिमानस्थल स्तरोन्नतीको काम भइरहेको छ ।
हाल धावनमार्गको ४ सय २० मिटर कालोपत्रे र जहाज पार्किङ क्षेत्रमा ओभर लेको काम गर्न बाकी रहेको छ । मसिर महिना भित्र सम्पूर्ण कार्य पुरा भइसक्ने कार्यालय जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्