चरेस सहित ५ जना पक्राउ

बर्दिया । बर्दिया प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको छ ।

गए राती प्रहरी सहयक निरिक्षक शुनिल बस्याँल सहितको विशेष गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थीत सडकबाट ५८ किलो लागु औषध चरेस सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरिक्षक राम शंकर कोहारले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पूर्वी रुकुम घरभई हाल दाङ घोराई नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीम प्रसाद रोका रहेका छन् ।

उनिहरुबाट बजार मूल्य अनुशार अन्दाजी २९ लाख बराबरको ५८ किलो चरेस, भारतिय र नेपाली गरि नगद ३२ हजार ५ सय ९८ रुपैया सहित ५ थान मोबाइल बरामद गरिउको छ ।
सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा उनीहरुलाई रोकी शरिर तथा बोकेको झोला खानतलासी गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा चरेस भेटिएको डिएसपी कोहारले बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्