तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल एक–आपसमा ठोकिँदा एकजनाको मृत्यु

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत आज दिउसो १७ किलोमा मोटरसाइकल एक आपसमा ठक्कर खांँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला जितपुर बस्ने बैजनाथ चौधरी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार, ईच्छाकामना गाउंँपालिका वडा नम्बर २९ सत्र किलोमा मुग्लिन बाट नारायणगढतर्फ जाँदै गरेको ग १७ प ४५६४ नं. को मो.सा. र बिपरित दिशाबाट आईरहेको बा५३प १६५० नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा परी ,बा५३प १६५० को चालके बैजनाथ चौधरीको उपचारको क्रममा चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै ग१७प ४५६४ नं. को मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर १५ बस्नेसन्तोष ठकुरी र पछाडी बस्ने सोही ठाउंँका रमेश बि.क. घाईते भएका छन ।

उनीहरुको चितवन मेडिकल कलेज , भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button