तपाईँ सुन्दै हुनुहुन्छः

सचिन तेन्दुलकरको टोली ९ विकेटले विजयी

काठमाडौँ । युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोली ९ विकेटले विजयी भएको छ ।सचिन तेन्दुलकरको टोली ९ विकेटले विजयी

टियु क्रिकेट मैदानमा आज भएको खेलमा तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले पराजित गरेको हो ।

जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई मनोरञ्जन प्रदान दिए ।

सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । सचिनले १ चौका प्रहार गरे । सचिनले मैदानमा खेलाडीलाई ब्याटिङ र बलिङ दुबै कुरा सिकाई रहेका थिए । विनोद दासले १ विकेट लिए ।

त्यसअघि टस हारेर विनोद दासको टोली रेडले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।

बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दुत हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button