अनुदानको सोलार तेब्बर मूल्यमा विक्री

जुम्ला ।अनुदानमा लिएका सोलार प्यानल सर्वसाधरणलाई निशुल्क बाड्नु पर्नेमा व्यापारीले रकम लिएर ठगी गरेको घटना सार्वजनिक भएको छ ।
जुम्लाका दुई हजार दलित समुदायलाई निशुल्क वितरण गर्नु पर्ने सोलार प्यानललाई व्यापारीले १५ सयका दरले रकम उठाएर ठगी गरेको घटना बाहिर आएको हो ।
सोलार व्यापारी मिन बहादुर मल्लले जुम्लाका दुईहजार बढि दलितलाई सस्तोमा सोलार ल्याईदिने भनि दुई वर्ष पहिले नागरिकता संकलन गर्छन् । त्यतिबेला उनले चन्दननाथ नगरपालिका, गुठिचौर, तातोपानी र तिला गाउँपालिका दुईहजार विपन्न दलितको नागरिकता लिएका थिए ।
तातोपानी ३ का वडाध्यक्ष डिल्ली रावलका अनुसार व्यापारी मल्लले नागरिकता लिदाँ खेरी ५० प्रतिशत अनुदानमा सोलार दिने कुरापनि उल्लेख गरेका थिए ।
उनले गएको चैत र बैशाख महिनामा गाउँ गाउँमा सोलार ल्याएर सिधै १५ सयमा विक्री गर्ने भन्दै वडाकार्यालयलाई सिफारिस मागे । सोलार व्यापारी मल्लले सिधै ५० प्रतिशत अनुदानमा दिने भनिएका सोलार १५ सयमा दिँदा धमाधम विक्री भयो । सस्तोमा भन्दै स्थानीयले ऋण सापट गर्दै भएपनि १५ सयका सोलार लिए । कतिका घरमा अहिले बिग्री सकेका छन् । तर व्यापारी मिन बहादुर मल्लले नागरिकता लिएदेखि सोलार ल्याएर ,विक्री गरुन्जेलसम्म कसैलाई पनि अनुदानका सोलार हुन भन्ने कुरा लुकाएका थिएनन् ।

विस्तारै अन्य जिल्लामा फ्रिमा वितरण गरिएको अनुदानका सोलार जुुम्लामा १५ सयमा विक्री भयो भन्ने कुरा बाहिरियो । त्यसपछि हाम्रो साझा बहुउद्देश्यी सहकारी सस्ंथाका अध्यक्ष मनसुर सुनारले चन्दननाथ नगरपालिकाको न्यायीक समितिमा अनुदानका सोलारमा ठगी भएको भन्दै छानविनका लागि उजुरी दिए ।
उजुरीमाथि छलफल गर्दा व्यापारी मल्ल अनुदानका सोलारमा सरासर ठगी गरेको पाइयो ।उपमेयर अप्सरादेवि न्यौपानेले जानकारी दिनुभयो । ठगी गरेको पाइएपछि पाँचपटकसम्म न्यायीक समितिको बैठकको निर्णयले व्यापारी मल्ललाई नगरपालिका भित्रका दलितको पैसा फिर्ता गर्न ताकेता गरेपनि उनलले पैसा फिर्ता नगरेको उपमेयर न्यौपानले बताउनुभयो । अटेर गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै यो घटना सार्वजानिक गरिएको उपमेयर न्यौपानेले बताउनुभयो ।

३३ लाख बढि ठगी
साविक कर्णालीका विपन्न दलितलाई वैकल्पीक उर्जा प्रर्बद्धन केन्द्रले पुर्ण अनुदानमा सोलार दिदै आएको छ । यस वर्ष जुम्लामा सोलार वितरण उर्जा प्रर्बद्धन केन्द्रले टेन्डर आह्वावन गर्दा (सिआरसी) कम्पन्नीलाई परेको थियो । जुम्लामा सोलार ल्याउने (सिआरसी) कम्पन्नीका जुम्ला प्रतिनिधि जुम्लामा रहेको काईनेटिक ईनर्जी प्राली हो । जसका मालिक व्यापारी मिन बहादुर मल्लनै हुन् ।
उनले जुम्लामा जम्मा २ हजार २ सय २ सोलार ल्याएका थिए । जसमा चन्दननाथ नगरपालिकामा एक हजार थियो तर एकहजार ९५, गुठिचौरमा १ सय ५०, तातोपानी ४ सय ७० र तिला गाउँपालिका ९० वटा सोलार १५ सयका दरले वितरण गरे ।
प्रति सोलार १५ सयका दरले विक्री गर्दा उनले करिब ३३ लाख ३ हजार रुपैया जनताबाट ठगी गरेको खुलासा भएको छ । जसमा चन्दननाथ नगरपालिका भित्र उनले एक हजार सोलार वितरण गरेका थिए ।
न्यायीक समितिमा उजुरी परेपछि एकहजार नगरबासीको पैसा फिर्ता गर्न तत्तकाल १५ लाख रुपैया नगरपालिकाको खातामा जम्मा गर्न भनिएको थियो । व्यापारी मल्लले ७ लाख ४० हजार मात्रै जम्मा गरे पनि अन्य रकम भने जम्मा गरेका छैनन् ।
न्यायीक समितिको पाँचौ बैठकसम्म पनि व्यापारी मल्ल ठगी गरेको बाँकी ७ लाख ६० हजार जम्मा नगरेपछि छैठौ बैठकबाट अदालतमा पेश गर्ने भनि निर्णय भएको उपमेरले जानकारी दिनुभयो ।
उममेयर न्यौपानेका अनुशार सोलार संगै उर्जा प्रर्बदन केन्द्रबाट दिएको पत्रमा पुर्ण अनुदानमा वितरण गर्ने भनि समेत उल्लखे भएको छ । तर व्यापारी मल्ल भने आफुलाई ढुवानी खर्च, जडान खर्च केहि नपाएकोले गर्दा १५ लिएको बताउँछन् । अझै उनले तातोपानीको ७ लाख ५० हजार, गुठिचौरको २ लाख २५ हजार र तिला गाउँपालिकाको १ लाख ३५ हजार अझै फिर्ता गर्नुपर्ने छ ।
वडाकार्यालयले दिएको सिफारिसभन्दा व्यापारी मल्लले बढि मूल्य लिई सोलार गाउँमा महंगोमा विक्री गरेको समेत खुलासा भएको छ ।
“पैसा लिन नमिल्ने सोलारलाई १५ सय उठाएर ठगी गरेको खुलासाभएसँगै न्यायिक समितिले कानुनी कार्बाहिका लागि अदालतमा पठाउने निर्णय गरेको छ” न्यौपानेले भन्नुभयो ।
ढुवानी दिएको सिआरसी कम्पन्नीको दाबी
उर्जा प्रर्बद्धन केन्द्रका अनुसार जनताले एक सुक्को पनि नतिरेर सोलार पाउनु पर्ने हो । साविकक कर्णालीका जनतालाई राहतका लागि उर्जा प्रर्बृद्धन केन्द्रले विगत देखि वितरण गर्दै आएको छ । जुम्लामा सोलार वितरणको जिम्मेवारी (सिआरसी) कम्पन्नीले पाएको हो ।
सिआरसी कम्पन्नीका कार्यकारी निर्देशक भरत मल्लले भने, ढुवानी खर्च सबै कम्पन्नीले दिएको छ । काठमान्डौबाट जुम्ला सम्मका लागि लाग्ने करिब १० लाख रुपैयामा आधि दिएको उनले बताए । भने, आधि दिन बाँकी छ ।
तर व्यापारी मल्लले सबै ढुवानी आफै तिर्छुभन्ने कुरा गरेको समेत उनले उल्लेख गरे । निशुल्क रुपमा पाउनुपर्ने सोलारमा तेब्बर मुल्यमा विक्री गरी हामीलानै ब्यल्याकमेल गर्न खोज्यो । दुवानी खर्च दुख पाए भन्दै पैसा उठाएको हो तर सबै भुक्तानी हामी दिने हो । अनाआश्यक विचौलिका रुपमा ठगी गरेको आआरसी कम्पन्नीका निर्देशक मल्लले बताए । उनका अनुसार भदौ महिनामा पैसा लिएको कुरा थाहा भएको हो । हामीले पनि सबै पैसा फिर्ता गर्न ताकेता गरेको र काठमाडौं आएर ढुवानी खर्च लिन भन्दा सम्पर्कमा नआएको बताए ।
यता उपमेयर न्यौपानेका अनुसार, स्वयम आफै काठमान्डौ गएर वैकल्पीक उर्जा प्रर्बद्धन केन्द्रका डिनसंग बुझ्दा जनताबाट पैसा उठाउनु सरासर ठगी भएको बताएको बताउनुभयो । हामीले ढुवानी खर्च, सबै दिएको डिनले बताए उहाँले जानकारी दिनुभयो । बताएको समेत उनको भनाई छ । व्यापारी भने, प्रति सोलारबाट १५ सय लिएको विषयमा केहि बोल्न मान्दैनन् ।
आन्दोलन गर्ने तयारी
अनुदानका सोलार तेब्बर मूल्यमा विक्री गर्दै ठगी धन्दा गर्ने विचौलिया व्यापारी मिन बहादुर मल्ल विरुद्ध फैसा फिर्ता नगरे चारै स्थानीय तहका विपन्न दलितहरु आन्दोलन गर्ने तयारीमा छन् । ३३ लाख ठगी गरे खान खोजेको भन्दै हाम्रो बहुउद्देश्यी सहकारी र चन्दननाथ नगरपालिकाको न्यायीक समितिले आम नागरिकलाई बिउझाएको भन्दै आम नागरिक व्यापारी प्रति आक्रोसित भएका छन् । २२ सय नागरिक व्यापारीको घर घर्ने तयारीमा छन् ।
‘ अनुदानका सोलार १५ सयमा विक्री गरी ठगी धन्दा गर्नेलाई कार्बाहि हुनुपर्छ ।’ स्थानीय कृष्ण सुनारले भने, आम जनताका पैसा फिर्ता गराउन समेत उनको माग छ । यता वडाध्यक्षहरु भने व्यापारीले आफुहरुलाई भ्रममा पारेको बताउँछन् । तातोपानी ३ का वडाध्यक्ष डिल्ली रालव भन्छन, पहिला ५० प्रतिशत अनुदान भनेर पछि १५ सयमा सोलार दिँदा शंका लागेको थियो । पैसा फिर्ता नगरे सिधै मुद्धा हालेर कानुनी कार्बाही गराउछौं उनले भने ।








प्रतिक्रिया राख्नुहोस्