तपाईँ सुन्दै हुनुहुन्छः

पुस मसान्तसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई पुस मसान्तसम्म सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउन आग्रह गर्नु भएको छ ।

राजधानी बुधबार आयोजित कामना सेवा विकास बैकको १३ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय भवन उद्घाटन तथा ५२ वटा शाखा कार्यालयको विद्युतीय माध्यमबाट उदघाटन गर्दैै मन्त्री खतिवडाले ७५३ वटा स्थानीय तहमध्ये अब १४ वटा तहमा बैंकको शाखा पुग्न बाँकी रहेको भन्दै त्यस्तो आग्रह गर्नु भएको हो ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहलाई बलियो बनाउन बजेट जान थालेको, सबै तहलाई न्यूनतम साँढे ६ करोड जाने, रेमिट्यान्स बैंकिङ प्रणालीबाट जाने, सामाजिक सुरक्षा लगायतको पैसा पनि बैंकबाट नै जाने भएकाले बैंकको शाखा पनि गाँउगाँउमा पुर्याउन आवश्यक भएको बताउनु भयो ।

पछिल्लो समयमा नेपालमा उद्योग बढेन भन्ने चिन्ता देखिएको भए पनि बैकमा ऋण लिनेको संख्याले त्यस्तो नदेखाएको भन्दै बैकहरुले ऋण दिँदा ग्रामीण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button