गोली लागेर उदयपुरमा एकको मृत्यृ

उदयपुर – उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११ गोठडाँडामा गएराति एकजनाको गोली लागेर एकको मृत्यृ लागेर मृत्यु भएको छ ।
भरुवा बन्दुकको छर्रा लागेर स्थानीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली राउतलाई लागेको बताईए पनि थप अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।
‘गोली कसरी लाग्यो, कसले चलायो थप अनुसन्धान गरिरहेका छौं ।’ केसीले भन्नुभयो –‘छर्रा लागेर एकजनाको मृत्यु भएको छ अन्य कुरा खुल्न बाँकी छ ।’ घटनाको बास्तबिकता अनुसन्धानपछि मात्रै खुल्ने पनि डिएसपी केसीले बताए । पोष्टमार्टमका लागि शब कटारी अस्पत्तालमा ल्याईएको छ ।








प्रतिक्रिया राख्नुहोस्