तपाईँ सुन्दै हुनुहुन्छः

‘समस्याग्रस्त अधिकांश वित्तीय संस्था पुर्नसञ्चालनमा’

नेपाल राष्ट्रबैकका गर्भनर डा चिरञ्जीवि नेपालले समस्याग्रस्त भएका अधिकांश वित्तीय संस्याहरु नेपाल राष्ट्र बैकको प्रयासमा पुर्नसञ्चालनमा आएको बताउनु भएको छ ।

२०७० सालमा समस्याग्रस्त भई कारोबारमा रोक लागेको वल्र्ड मर्चेन्ट बैकिड. एण्ड फाइनान्स कम्पनीको पूँजीवृद्धि गरी नयाँ सञ्चालकहरु मार्फत सम्वृद्धि फाइनान्स कम्पनी लिमिटेडको नामबाट पुन कारोबार सञ्चालन कार्यको सोमबार काठमाडौंमा उद्घाटन गर्दै गर्भनर नेपालले बैक तथा वित्तीय संस्थाहरुमा रहेको जनाताको बचतलाई सुरक्षितपूर्वक सुरक्षित क्षेत्रमा लगानी गर्न सञ्चालकहरुलाई निर्देशन दिनु भयो ।

गर्भनर नेपालले जनताको बचतलाई आफनै ठानेर सञ्चालकहरुले बाडीचुडी खाने प्रवृतिले धेरै बैक तथा वित्तीय संस्थाहरु विगतमा समस्यामा परेको उल्लेख गर्दै त्यसता कतिपयलाई कारवाही गरिएको र कतिपयलाई राष्ट्र बैकले सहजीकरण गरेर पुर्नसञ्चालन गर्न सहयोग गरेको पनि बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले नेपालमा लगानी गर्ने र उद्योग खोल्न चाहनेहरुको लागि बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज समस्या भएको र लगानी गरी थोरै नाफामा काम गर्नु भन्दा बैकहरुले दिने बचतको ब्याजदर लिएर बैकमै पैसा राख्ने प्रवृति मौलाएको बताउनु भयो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउद, सम्वृद्धि फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्पप्रसाद श्रेष्ठ लगायतले विगतको अनुभवलाई विचार गरेर स्वच्छ र पारदर्शि रुपमा फाइनान्सले वित्तीय कारेबार अघि बढाउन सुझाव दिनु भएको थियो ।

फाइनान्सले हकप्रद शेयर मार्फत चुक्ता पूजी ८० करोड पुर्याउने गरी हाललाई चुक्ता पूँजी १८ करेड ९० लाख बनाएर कारोबार शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button