उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज निर्वाचन चिन्ह प्रदान गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा राजनीतिक दलका उम्मेदवारहरुलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिन्ह र स्वतन्त्र उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारको लागि निर्धारण गरिएको निर्वाचन चिन्ह मध्येबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्यको १ र प्रदेशसभा सदस्यको ३ रिक्त पदका लागि ६४ जना उम्मेदवारहरूलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्