राष्ट्रपतिसमक्ष चार देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त चार जना आवासीय र गैरआवासीय राजदुतहरुले आज आ–आफनो ओहोदाको प्रमाणपत्र प्रस्ततु गर्नुभयो ।

राष्ट्रपतिभवन शितल निवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकका नव नियुक्त आवासीय राजदुत हिमाली शुभासिनी डि सिल्भा अरुणातिलाकाले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यसैगरी राष्ट्रपति भवन शितल निवासमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि गणतन्त्र अर्जेन्टिनाका गैरआवासीय राजदुत डानियल चुबुरु, प्रजातान्त्रिक जनगणतन्त्र लाओसका गैरआवासीय राजदुत बाउन्नेमे चोउनघोम र बहराइन अधिराज्यका गैरआवासीय राजदुत अब्दुल रहमन मोहम्मद अहमद अलगाउदले पनि ओहोदाको प्रमाणपत्र प्रस्ततु गर्नुभयो ।










प्रतिक्रिया राख्नुहोस्