तपाईँ सुन्दै हुनुहुन्छः

जन गणनालाई विश्वसनीय, तथ्यपरक र सबैले अपनत्व लिने गरी तयारी गर्न विज्ञहरूको सुझाव

काठमाडौँ – १२औँ राष्ट्रिय जनगणनालाई विश्वसनिय, तथ्यपरक र सबैले अपनत्व लिनेगरी तयारी गर्न विज्ञहरुले सुझाव दिनुभएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा विज्ञसमूहसँग छलफल तथा अन्तक्र्रिया गर्न केन्द्रिय तथ्याँक विभागले आज काठमाडौमा आयोजना गरेको कार्यशालामा सहभागी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु, डा. रविन्द्र कुमार शाक्य, डा. दिपेन्द्र बहादुर क्षेत्रि डा. मीनबहादुर श्रेष्ठ, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, विज्ञहरुलगायतका यस क्षेत्रसँग सम्बद्ध जानकारहरुले विगतमा भएका जनगणनाको अनुभवलाईसमेत ध्यानमा राखेर भाषा, जातजाति ,लिंगजस्ता संवेदनशील पक्षमा लिईने विवरणमा बिशेष ध्यान दिएर पश्नावलि तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले जनगणनामा खट्टिने गणक छनौटमा विषेश ध्यान दिई जनगणना कार्यलाई प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले मुलुकको तथ्याँक प्रणालीलाई अन्तराष्ट्रियस्तरको बनाउन सुधार गर्न आवश्यक रहेकोले त्यसतर्फ आयोग लागिरहेको बताउनुभयो ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनामा प्रयोग हुने प्रश्नावलि राष्ट्रिय प्राथमिकता, अन्तराष्ट्रिय तुलना, उपयुक्तता, संसाधनहरु वैकल्पिक श्रोतहरुका आधारमा तयारी गरिएको जानकारी दिनुभयो ।

जनगणनालाई विश्वसनिय, तथ्यपरक र सबैको सहभागिता हुनेगरी सम्पन्न गर्न प्रदेश तथा स्थानिय सरकारसँग र विभिन्न क्षेत्र, वर्गसँगपनि आवश्यक छलफल र सुझाव लिईरहेको विभागले जनाएको छ । त्यसैगरी विभागले जनगणनाको तयारी स्वरुप आगामी माघ १ गतेदेखि चैत्र ३० गतेसम्म गरी तीन महिना नमुना जनगणना गर्ने तयारी गरेको छ ।

मेरो गणना, मेरो सहभागिता भन्ने नाराका साथ आगामी २०७८ जेष्ठ २५ गतेदेखि असार ८ गतेसम्म १२ आँै राष्ट्रिय जनगणना गरिने कार्यक्रम तय भएको छ ।

जनगणना अन्तर्गत करिब ७० लाख घरपरिवारमा पुगिने र अब ३ करोड जनसंख्या पुग्ने विभागको प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button