बसले किचेर सहचालकको मृत्यु

भोजपुर – भोजपुरको ट्याम्के मैयुम गाउँपालिका वडा नम्वर २ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ ।
भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको सप्तकोशी बस बिहिबार बेलुका चखेवामा पुगेर पार्किङ गर्दा बसको पछाडिको टायरमा ओट लगाउने क्रममा बस ब्याक भई किच्दा सहचालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
बस र बसका चालक भोजपुरको अरुण गाउँपालिका वडा नम्वर ३ का २८ बर्षिय कुमार श्रेष्ठलाई चखेवामा रहेको शसस्त्र प्रहरी बल बेस क्याम्पले तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय अन्नपूर्णबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्