तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल फ्रेमवर्कलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने सरोकारवालाहरुले जोड

काठमाडौँ – मुलुकका विकास र समृद्धिका लागि डिजिटल फ्रेमवर्कलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

पुल्चोक इञ्जिनियरीङ कलेजले सूचना र प्रविधिमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेको २५ बर्ष पूरा गरेको अवसरमा इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर इञ्जिनियिरीङ विभागले आज ललितपुरमा आयोजना गरेको कार्यशालामा सरोकारवालाहरुले डिजिटल नेपालको अवधारणालाई प्रभावकारी रुपमा कार्यन्वयनमा लैजान सुझाव दिनुभयो ।

कार्यशालामा सूचना तथा प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले मुलुकको विकास र समृद्धिसँग जोडेर डिजिटल नेपाल फ्रेमवर्क तयार पारिएको जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना प्रविधि निर्देशक डा. राम गोविन्द अर्यालले कृषि, शिक्षा, अर्थ, उर्जा, ग्रामिण पूर्वाधारलगायतमा सूचना प्रविधिलाई जोडेर जाने गरी डिजिटल नेपाल प्रेमवर्क तयार गरिएको स्पष्ट पार्नुभयो ।

पुल्चोक इञ्जिनियिरीङ कलेजका विभागीय प्रमुख डा. सरेन्द्र श्रेष्ठले सरकारले तयार गरेको डिजिटल नेपालको ढाँचामा सघन छलफल चलाउँदै यसको कार्यन्वयनमा शैक्षिक प्रतिष्ठान र सूचना प्रविधि उद्योगहरुको भूमिका थप स्पष्ट बनाउन कार्यशालाको आयोजना गरिएको बताउनुभयो ।
कार्यशालामा सूचना र प्रविधिसँग सम्बन्धित उद्योगहरु, शैक्षिक संस्थाका प्रतिनिधि एवम् सूचना र प्रविधिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button