घोराही- लमही १३२ केभी बिद्युत् लाइनको उद्घाटन

घोराही – उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले घोराही—लमही १३२ केभी बिद्युत् लाइन तथा सब स्टेसनको उद्घाटन गर्नुभएको छ । दाङको घोराही ३ झिंगीमा रहेको बिद्युत् लाइन तथा सब स्टेसनको उद्घाटन गर्नुभएको हो ।
दाङ उपत्यका र रोल्पा क्षेत्रका उपभोक्तालाई ध्यानमा राख्दै लमहीदेखि घोराहीको झिंगीसम्म लाइन बिस्तार गर्नुका साथै सब स्टेसन निर्माण गरिएको छ । करिब ४२ करोडको लागतमा काम सम्पन्न भएको छ ।
२०६८ माघ २६ गतेदेखि सुरु भएको प्रशारण लाइनको काम २०७५ असोज १० गते सम्पन्न भएको थियो । उक्त प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र बंगलाचुली, घोराहीका बिकट बस्ती, उद्योग, रोल्पासम्म सेवा बिस्तार हुने नेपाल बिद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक ब्रजभुषण चौधरीले जानकारी दिनुभएको छ ।
दाङमा यसअघि कुसुम— हापुरे १३२ केभी बिद्युत प्रशारण लाइन बिस्तार गरिएको छ । लमही घोराही बिद्युत् प्रशारण लाइनले ४० हजार बढी उपभोक्ता लाभान्वित हुने नेपाल बिद्युत् प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्