परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
काठमाडौँ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा नेपाल–युरोपेली सङ्घ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उहाँहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्