तपाईँ सुन्दै हुनुहुन्छः

भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु

लमजुङ । दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको हो ।

गुरुङ भिरबाट लडेर घाइते भएका थिए । उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । भिरमौरीको मह काट्ने क्रममा गुरुङ चिप्लेर करीब ८० मिटर तल खसेको प्रहरी निरीक्षक धनबहादुर थापाले बताउनुभयो । मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button