ट्रयाक्टर दुर्घटनाको शोकमा गढवाका बिद्यालय बन्द
घोराही –दाङको गढवा गाउँपालिकाका सम्पुर्ण बिद्यालयहरु बन्द भएका छन् । शुक्रबार ट्रयाक्टर दुर्घटनामा परी तीनजना बिद्यार्थीको निधन भएपछि गाउँ कार्यपालिका बैठकले शोकमा बिद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
भैली खेलेको रकमले बनभोज खाएर फर्कने क्रममा शुक्रबार गढवाको चिसापानी भन्ने स्थानमा ट्रयाक्टर पल्टिदा मनिकापुरमा रहेको दुर्गा आधारभुत बिद्यालयमा अध्ययनरत तीन बिद्यार्थीको निधन भएको थियो ।
दुर्घटनामा परी निनु पुन, सिमा परियार र सुनिता पुन मगरको निधन भएको थियो । तीब्र गतिका कारण रा १ त २३९३ नम्बरको ट्रयाक्टर पल्टिदा तीनजनाको निधन र २३ जना घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्