तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट विभिन्न मुद्दामा फरार तीन जना पक्राउ

सल्यान– सल्यान प्रहरीले विभिन्न मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ । बहुविवाह, जातिय भेदभाव तथा छुवाछुत र प्राचिन स्मारक मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । छुट्टाछट्टै मुद्दामा बागचौर नगरपालिकाबाट दुई र दार्मा गाउँपालिकाबाट एकजना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा बागचौर नगरपालिका–७ कुनौटे निवासी ३८ वर्षिय टेक बहादुर रावत, वडा न ८ का ४५ वर्षिय क्षेत्र बहादुर विसी र दार्मा गाउँपालिका–३ बस्ने २० वर्षिया खिमा केसी रहेका छन् । रावतलाई जिल्ला अदालतले एक वर्ष पाँच महिना ११ दिनको कैद सजाय तोकेको थियो ।

यस्तै विसीलाई प्राचिन स्मारक मुद्दामा सात हजार रुपैया जरिवाना तोकेको थियो भने केसीलाई जातिय भेदभाव तथा छुवाछुत कसुरमा जेठ २३ गतेदेखि फरार उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button