कैदीबन्दीले नेपालगञ्ज कारागारमा ताला लगाए
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज कारागारमा कैदीबन्दीले विहानैदेखि तालाबन्दी गरेका छन् । कारागारका कैदी नाइके र चौकीदार परिवर्तन गर्नुपर्ने माग गर्दै कैदीबन्दीले तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुले कैदी नाइके मान बहादुर शाही र चौकीदार भरत फडेरालाई बाहिर निकालेर तालाबन्दी गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर ओलीले बताउनुभयो । उनीहरुले आफुहरुमाथि जेलर, चौकीदार र नाइकेले शोषण गरेको आरोप लगाएका छन् । जेलर भरतराज पाण्डेको निर्देशनमा चौकीदार फडेरा र कैदी नाइके शाहीले कैदीबन्दीमाथि चरम आर्थिक तथा शारीरिक शोषण गर्ने गरेको उनीहरुको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सामान्य कुरा भएपनि बुझाईमा केही फरक परेकाले समस्या आएकाले समाधानको प्रयास भइरहेको बताउनुभयो । जेलर विदामा रहेकाले भोलि जेलर आएपछि समस्या समाधान हुने खड्काले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्