आगलागीमा परी ३ जनाको मृत्यु
काठमाडौं । काठमाडौँ, मोरङ र दैलेखमा गरी आगलागीबाट ३ जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक सानोसिरुवारी घर भाई काठमाडौं महानगरपालिका– १३ टंकेश्वममा डेरा गरी बस्ने धनमाया श्रेष्ठको आगलागीमा परी मृत्यु भएको छ ।
गए राति चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्कन गई आगलागी हुँदा जलेर गम्भीर घाइते भएकी उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दैलेख, नौमुले गाउँपालिका–६ गोगनपानीमा दीपावलीको लागि मैनबत्ती बाल्ने क्रममा गएराति आगलागी हुँदा गणेश बहादुर थापाकी ४ वर्षीया छोरी ईश्वरी थापाको मृत्यु भएको छ ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
त्यसैगरी मोरङको केराबारी गाउँपालिका–१ सेल्डिङमा आगलागी हुँदा ४९ वर्षीया हस्तमाया मगरको मृत्यु भएको छ ।
आगलागीबाट घरसहित घरभित्रका सम्पूर्ण सरसामान तथा धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्