तनहुँमा छुट्टाछुट्टै दुर्घटनामा चालकसहित दुइ जनाको मृत्यु, चार जना घाइते

तनहुँ । तनहुँमा मंगलबार बुधबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा चालकसहित दुइ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
डुम्रे–बेशीशहर सडकखण्ड अन्तरगत तनहुँको भानु नगरपालिका– १० नेपालडाँडामा भएको बस दुर्घटनमा बसका चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–६ बस्ने १९ वर्षीय अनिल सार्की रहेका छन् ।
डुम्रेबाट लमजुङको पाउँदी तर्फजाँदै गरेको ना ३ ख ९७६८ नम्बरको को बस सडकबाट तल खस्दा घाइते भएका सार्कीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले बताउनुभयो ।
उक्त बसमा चालकसहित तीन जना सवार रहेका थिए । दुर्घटनामा परी दुइ जना घाइते भएका छन् । घाइतेको लक्ष्मी अस्पतालमा नै उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । म्याग्देको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग६प २६७७ नम्बरको मोटर साइकलले पृथ्वीराजमार्ग अन्तरगत व्यास–४ भतेरी खोल्सामा पैदल यात्रीलाई ठक्क दिएको थियो ।
उक्त ठक्करबाट घाइते भएका व्यास–१० का ५५ वर्षीय कृष्ण बहादुर रानाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
रानालाई ठक्कर दिने मोटर साइकल चालक म्याग्दे–७ का २१ वर्षीय भरत खवासलाई प्रहरीले नियन्त्रणमा लिई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास(१२ घासीकुवामा दुई वटा ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । बुधबार बिहान दुर्घटना हुदा ट्रक चालक गम्भीर घाइते भएका छन । मुग्लिनबाट दमौलीतर्फ आउदै गरेको ना १ क ४७९४ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको ना ६ ख ७०५८ नम्बरको ट्रक ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विरगंज पर्सा-३० का वर्ष ३७ का चन्द्रकान्त प्रसाद यादव सामान्य उपचार पश्चात डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । यादव ना १ क ४७९४ नम्बरको ट्रक चालक हुन् ।
त्यस्तै पाल्पा रिस्तीपुर–५ का खड्कबहादुर राना गम्भीर घाइते भएका छन । घाइते ट्रक चालक रानाको अहिले पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । राना ना ६ ख ७०५८ नम्बरको ट्रक चालक हुन् । रानाको निधार र हातका चोट लागेको छ ।








प्रतिक्रिया राख्नुहोस्