डोजरले महिलालाई उधिनेर फाल्ने चालक पक्राउ
काठमाडौँ ।डोजर आतंकबाट बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिलालाई पल्टाउने डोजर चालक पक्राउ परेका छन् ।जग्गा विवाद मिलाउन भन्दै स्थानीय बासिन्दाले केही समय माग गरेका थिए । तर त्यस अगाबै डोजरले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका थिए ।
डोजर आतंकबाट ग्वालेककी गौरी जोशी गम्भीर घाइते भएकी थिइन्। डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइते भएका जोशीसहित ७ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डोजर आतंकको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । चालकको चौतर्फी आलोचना गर्दै कारबाहीको माग गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्