तपाईँ सुन्दै हुनुहुन्छः

तासको खालबाट अधिवक्ता खड्कासहित छ जना पक्राउ

उदयपुर – तासको खालबाट उदयपुरमा अधिवक्तासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको त्रियुगा नगरपालिका– ९ राजाबासस्थित स्थानीय बिशाल कार्कीको घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ८ बस्ने बर्ष ६० को कृष्ण बहादुर बस्नेत, सोही ठेगाना भएको बर्ष ३४ को जयराम चौधरी, बर्ष ४५ को हिमाल खड्का र बर्ष ३७ को दिपक खत्री रहेका छन् ।

त्यसैगरी त्रियुगा नगरपालिका–९ बस्ने बर्ष ५७ को खुस बहादुर दनुवार र बर्ष ५० को बिर्ख बहादुर कार्की रहेका छन् । पक्राउ परेकाहरुमध्ये अधिवक्तासमेत रहेका हिमाल खड्का वकालत पेसामा आवद्ध छन् भने उनी गैरसरकारी संस्था महासँघ उदयपुरको पूर्व अध्यक्ष हुन् ।

उनिहरुलाई आईतबार साँझ पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार पक्राउ पर्नेहरुको साथबाट रु. दुई हजार पाँचसय ७० नगद र ३ बुम तास बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button