तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट ज्यान गुमाएका ब‍ोहराको परिवारलाई नगरपालिकाले किरिया खर्च दिने

कञ्चनपुर – हात्तीको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहाका ६५ वर्षीय बलदेव ब‍ोहराको परिवारलाई शुक्लाफाँटा नगरपालिकाले किरिया खर्च दिने नगरप्रमुख दिल बहादुर ऐरले जानकारी दिनुभएको छ ।
मृतकको घरमै पुगेर नगर प्रमुख ऐरले किरिया खर्च वाफत नगरपालिकाबाट २५ हजार रूपैयाँ सहयोग दिने  घोषणा गर्नु भएको हो । उहाँले थप राहतका लागि सम्बन्धित निकायमा थप प्रयास गर्ने बताउनुभयो ।
बाख्रा चराउन नजिकैको जंगलमा गएका बोहरालाई असोज २९ गते बुधबार साँझ जंगली हात्तीको समुहले आक्रमण गर्दा घटनास्थलमै उहाँको ज्यान गएको थियो ।  बोहरा संगै रहनु भएका नारायण सार्कीले भने भाँगेर ज्यान जोगाउनु भएको थियो ।
उक्त घटना पछि स्थानीयहरू थप त्रसित बनेका छन् । हात्ती लगायतका जंगली जनावरले नियमित रूपमा जनधनको क्षति गर्न थालेपछि सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button