तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : सिन्धुपालचोकमा घाँटि रेटि बिभत्स हत्या

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्सामा गए राति एक युवाको बिभत्स हत्या गरिएको छ ।

पाँचपोखरी थाङ्पालगाउँपालिका कै स्वर्गिाय काजि गोलेका छोरा विजय गोलेको गए राति १०ः १५ बजे शिर छेदन गरि हत्या गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

सोहि गाउँपालिकाकै बर्ष २३ का मिलन स्याङ्बो र बर्ष २४का बम बहादुर स्याङबोले हत्यागरि फरार भएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ ।

फरार रहेका २ अभियुक्तको खोजिकार्य जारि रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । लासलाइ पोष्टमार्टमका लागि मेलम्ची ल्याइएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

हिजो दिउसो सामान्य विबाद भएको त्यहि विबादलाई लिएर बेलुका माधक पदार्थ सेवन गरि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button