दुई राजदूतलाई राष्ट्रपतिद्वारा शपथ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालाई आज पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासका आयोजित विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले उहाँहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।
समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्