पाईपलाईनबाट साढे चार करोड लिटर डिजेल आयात
बीरगंज– विगत एक महिना अगाडी उद्घाटन भएको मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट करिब साढे चार करोड लिटर डिजेल आयात भएको छ ।
एक महिनाको अवधिमा सो बराबरको डिजेल आयात भएको हो । भदौ २४ गते नेपाल तथा भारतका प्रधानमन्त्रीबाट मोतीहारी– अमलेखगञ्ज पाइपलाइनको उद्घाटनपछि असोज २७ गतेसम्म ४ करोड २७ लाख ८७ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगम अमलेखगंज डिपोका प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो ।
अहिले अमलेखगंजबाटै भैरहवा, पोखरा, थानकोट, विराटनगर लगायतका डिपोमा माग गरे बमोजिमको डिजेल उपलब्ध गराउँदै आएको निगमले जनएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनको डिपो तथा बरौनी, बैतलापुर, मुगलसराई, गोडा लगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको छ ।
पाइपलाइनबाट आएको डिजल सुरक्षितका साथै परिमाण र गुणस्तरमा समेत कुनै कमी नभएको अमलेखगंज डिपो प्रमुख यादवले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्