तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सीको सवारी हुने बाटोमा प्रधानमन्त्रीद्धारा अबलोकन

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गर्नुभएको छ ।

सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोको निरीक्षणमा निस्किनुभएको हो । उहाँले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button