जलायो राष्ट्र बैंकले झण्डै ५ खर्ब बराबरका पुराना नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो ।आर्थिक बर्ष २०७५–०७६ सम्ममा पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।
हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्