तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरको कावासोतीमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

कावासोती । नवलपुुरमा छुट्टा छुट्टै तिन स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । जिल्लाको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा सवारी दुर्घटना भएका छन् ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८, पूर्व पश्चिम राजमार्गमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ । राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती न.पा. ०८ खरकट्टा जंगल स्थित पुर्व –पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरु मृत्युु भएको हो । मृत्यु हुनेमा नवलपरासी पूर्ब देबचुली नगरपालिका वडा नम्वर १ केउरेनीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर बिश्वकर्मा, देबचुली ५ बस्ने दिल बहादुर ढेगाँ मगर, देबचुली नगरपालिका वडा नम्वर १० पृथ्वीनगरका दिपेश राना र हिरा राना सहित कारमा सबार कैलालीका सुरज रानामगर रहेको अस्पतालमा पुगेका आफन्तले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनिहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको र सबै जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो । यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका –१० ,स्थित जंगलमा राति १ः ४५को समयमा दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस आफै अनियन्त्रीत भई पल्टिदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६ ४२ नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिएको हो । बस पल्टिँदा बसका मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते १५ जनाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।

यस्तै आज बिहान ४ ः ४० बजे मध्यविन्दु नगरपालिका –७ , स्थित पूर्व पश्चिम राजमार्गको ४० किलोमा बस अनियन्त्रीत भई पल्टिदा पाँच जना घाईते भएका छन् । सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९५ १० नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा पाँच जना घाइते भएका हुन । घाइतेसबैको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते मध्य दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button