तपाईँ सुन्दै हुनुहुन्छः

आज मेघ गर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं । अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिका अनुसार आज (आइतबार) देशभरी सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।

आगामी २४ घण्टा पहाडी भूभागमा पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम विश्लेषण

हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांस भू -भागहरुमा सामान्य बदलि रही केहि स्थानहरुमा मेग गर्जन सहित वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 

असोज ०५ गते (आईतबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती:  देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

असोज ०६ गते (सोमबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ।  थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती:  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ० गते (मंगलबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका  थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती:  देशको पश्चिमी भू-भागमा  आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू-भागमा सामान्य बदलि  रहनेछ। पूर्वी र मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमका १/२  स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडि भु-भागमा पहिरो जान सक्ने तथा  नदिहरुमा  पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |

प्रतिक्रिया राख्नुहोस्

Back to top button