तपाईँ सुन्दै हुनुहुन्छः

फ्यान कप इन्डोर क्रिकेटमा ८ टोली रहने

अजय बम । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फे्रन्चाइच टोली काठमाडौं किंग्स इलाभेनले आयोजना गर्ने फ्यान कप इन्डोर क्रिकेट प्रतियोगितामा ८ टोली रहने भएका छन् ।

असोज ३ मा गोल्फुटार इन्डोरमा हुने प्रतियोगितमा खेल पत्रकार र समर्थक गरी ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

नक आउट चरणमा आधारमा खेलाइने प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मञ्च, काठमाडौं किंग्स ट्वीटर ब्लास्टर्स, काठमाडौं किंग्स लिटिल लायन, गोर्खा स्टाइकर्स, नेपाली क्रिकेट समर्थक समाज, नेपाली क्रिकेट फ्यान क्लब, ट्वीटर किंग्स क्रिकेट क्लब र रोयल केसिटिसी इन्डोर क्रिकेटको सहभागिता रहने छ ।

हरेक खेलका विजतो टोली सोझैं सेमिफाइनलमा प्रवेश गर्ने छन् । खेल १०–१० ओभरको हुने छ ।

काठमाडौं किंग्स इलाभेनका सिईओ राजजंग थापाले यस इन्डोर कपले समर्थक र फे्रन्चाइज टोलीबीच दिगो र प्रगाढ सम्बन्ध विकाश हुने विश्वास ब्यक्त गरेका छन् । उनले नेपाली क्रिकेट समर्थकको माया र उत्साह देखेर यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button