तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली गाँउपालिकामा खाद्यान्न अभाव

बाजुरा । बाजुरा । बाजुराको हिमाली गाउँपालिका स्थित कवाडी खाद्य डिपोमा चामल सकिदा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिका २ कोटि गाँउकी ललिता बोहोरा १० महिनाकी छोरी बोकेर कवाडी डिपोमा चालम किन्न आईन् । दुधे छारी काखमा बोकेर डेढ दिन लगाएर डिपोमा त पुगिन्, तर चामल नपाएपछि उनी निराश भएर फर्र्किन ।
ललिताका श्रीमान गाँईबस्तु पाल्न लेक तिर छन् । उनको घरमा नौ जनाको परिवार छ । गाँउको सहकारीबाट रिण काँटेर चामल किन्न आएकी ललिता डिपोमा चामल नभएको जानकारी पाएपछि स्थानिय बजारबाट प्रतिकेजी ८५ पर्ने चामल लिएर फर्किइन् ।

ललिता मात्र हैनन्, उनकै गाँउकी कोपिला बोहोरा पनि डेढ बर्षकी छोरी बोकेर चामल किन्न डिपोमा आएकी थिइन् । उनीपनि चामल नपाएसँगै निराशा भएर फर्किइन् । ‘गाउँका पुरुष जति कामका लागि भारत गएका छन् कतिपय पुरुषहरु गाईबस्तु लिएर लेक तिर गएपछि महिलाहरु चामल किन्न कवाडी आँउछन्, तर चामल नपाउने गरेको’ हिमाली गाँउपालिका ३ का अध्यक्ष ध्यान बहादुर रोकायाले वताए ।

बाजुराको सबै भन्दा बढि खाद्य संकट हुने र सडक भन्दा निकै टाढा रहेको गाउँपालिका हो हिमाली गाँउपालिका । हिमाली गाँउपालिकाको कवाडी डिपोमा असार यता एकदाना पनि चामल आएको छैन ।

गाउँमा चामल नआएसँगै गाउँमा अनिकाल र खाद्य संकट रहेको स्थानिय पर्वलाल बुडथापाले बताए । दशंैसम्म चामल नआए चरम खाद्य संकट हुने उनले वताए । बर्षातको समयमा जोखिम मोलेर बच्चा बोक्दै चामल किन्न डिपोमा पुग्यौ, तर चामल छैन्, सरकारलेनै बेवास्ता गरेको नानी बोहोराले वताईन् ।

हिमाली गाँउपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको जनक रोकायाले वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ । हिमाली गाँउपालिका ४ कवाडीमा डिपोबाट बिच्छँयाका गाँउहरुमा पुग्ने २ दिनसम्म लाग्ने गरेको छ ।

खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने कवाडी डिपोका लागि ३५ सय कुन्टलको टेन्डर गरिसकेको केही दिनमा सम्झौता भएर चामल जाने वताए । सुर्खेत खाद्य संस्थान बाट ९ सय, धनगढी संस्थान बाट ९ सय, मार्तडी बाट ९ र कोल्टि डिपो बाट ८ सय कुन्टल ढुवानी अनुदानका लागि टेन्डर गरिएको उनले वताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button