मौसम विभागले निकाल्यो ३ दिने सूचना
काठमाडौं । नागपञ्चमीपछि हिउँद लागेको ठानिन्छ । त्यसपछि वर्षा क्रमिक रुपमा रोकिँदै जान्छ । ‘अब पानी पुग्यो, वर्षा रोकिदिनुपर्यो’ भनेर इन्द्रलाई अनुरोध गर्दै इन्द्रजात्रा मनाउने चलन छ । शुक्रबार इन्द्रजात्रा मनाइँदैछ ।
भदौ २७ गते शुक्रबार
रात देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्व भू(भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदौ २८ गते शनिबार
देशभरी सामान्य बदली रही केहही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पूर्वी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदौ २९ आइतबार
रात देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन रचट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्व भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया राख्नुहोस्