नेपाल भर्सेस् ताजिकिस्तान (लाईभ)
काठमाडौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) ताजिकिस्तानसँग खेल्दैछ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर टिम ताजिकिस्तानको सामना गर्न लागेको हो ।
ताजिकिस्तानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० ले पराजित भएको थियो ।
नेपालले अाज ताजिकिस्तानलाई पराजित गरे फाइनलमा स्थान पक्का गर्नेछ । उज्वेकिस्तान यस अघि नै फाइनल पुगिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्