तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा भाईरल ज्वरोले किशोरीको मृत्यु

जाजरकोट -जाजरकोटमा भाईरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ बर्षिया आशा विकको मृत्यु भएको हो । एक सातादेखि ज्वरो आउने, जीउ टाउको दुख्ने लगाएत रोगबाट थलिएकी विकको उपचारका लागि नेपालगंज लिदै गर्दा बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताउँनुभयो ।

आशा खलंगाको त्रिभुवन माद्यामिक विद्यालयमा ८ कक्षा अध्ययनरत थिइन । उनका बाबुआमा रोजगारीका लागि ५ बर्ष देखि भारतको हिमालचलमा बस्दै आएका छन् । जाजरकोटका स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरोका विरामी बढेका स्वास्थ्कर्मीले बताएका छन् । मौषम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button