राज्यमन्त्रीद्वारा बृद्धाहरुको स्वास्थ्य परीक्षण
अजय कुमार झा, जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव आफैले जनकपुरधामको वडा नंं ८ मा रहेको जानकी बृद्धाश्रमका आमाहरुको स्वास्थ्य परीक्षण गर्नु भएको छ ।
राज्यमन्त्री यादवले व्युटिशीएन एशोसिएशन धनुषाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमको उद्घाटन गर्दै आमाहरुको स्वास्थ्य परीक्षण गर्दै समयमा खानपिन, उठबस सामान्य व्यायाम गर्नुपर्ने सुझाव पनि दिनु भयो ।
उहाँले जानकी वृद्धाश्रममा रहेका अधिकांश ज्येष्ठ आमाहरुमा स्वास प्रश्वास जस्ता समस्यहरु बढी मात्रामा देखिएको बताउदै आमाहरुको लागि निशुल्क उपचार तथा औषधिको व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्