फेरि बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन स्थिर थियो। बुधबार फेरि ३ सयले बढेको हो।
त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भरहेको छ भने, सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८ सय ३० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्