समूह उपविजेता बन्ने लक्षसहित आज नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौं । एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेल आज हुँदै छ ।
समूह ए को अन्तिम खेलमा नेपाल र माल्दिभ्स आज साँझ भिड्ने भएका हुन् । तीन वटा टिम मात्र रहेको समूहबाट किर्गिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । किर्गिस्तानले नेपाल र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
आज साँझ ५ बजे लगनखेलस्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा हुने खेलबाट समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ । जित हात पार्ने टिम समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्नेछ ।
पहिलो खेलमै पराजित भएपछि सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको घरेलु टिम नेपाल दबाबमा परेको छ ।
किर्गिस्तानविरुद्ध स्तरीय खेल देखाउन नसकेको नेपालका लागि खेल सुधार गर्नु पर्ने चुनौती थपिएको छ।
माल्दिभ्ससँग नेपालले अहिलेसम्म पाँच खेल खेलेको छ । जसमा नेपालले ३ खेलमा जित हात पारेको छ भने माल्दिभ्स २ खेलमा विजयी भएको छ ।
प्रतिक्रिया राख्नुहोस्