अज्ञात रोगका कारण दुइ जनाको मृत्यु
दयाराम पण्डित, बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा केही दिन यता फैलिएको अज्ञात रोगका कारण दुइ जनाको मृत्यु भएको छ ।
अज्ञात रोगका कारण हिमाली गाउपालिका वडा नं ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा र सोही गाउँपालिका नदापाटाकी ५० वर्षीया हैकला भण्डारीको मृत्यु भएको स्थानीय छप्की बुढ्थापाले जानकारी दिनुभयो ।
बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्ष्ण देखिने गरेको स्थानीयले बताएका छन् ।
प्रभावित क्षेत्र क्युडीमा अहेब धनवहादुर फडेराको नेतृत्वमा स्वास्थयकर्मीको टोली खटाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्