आठौँ राष्ट्रिय खेलकुदः त्रिभुवन आर्मी शीर्ष स्थानमा
नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की प्रतियोगिताको उपाधि सुदुरपश्चिम प्रदेशले हात पारेको छ ।
नेपालगञ्जमा बिहीबार सम्पन्न फाईनलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले उपाधि हात पारेको हाम्रा नेपालगञ्ज समाचारदाता नवीन गिरीले जनाएका छन् ।
बिहीबार विघिवत उद्घाटन हुनु पूर्व प्रतियोगिताका १४ वटा खेल सम्पन्न भई सकेका छन् ।
अहिले सम्मका खेलबाट ३४ स्वर्ण, २७ रजत र २५ काँस्य पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको हाम्रा रेडियो नेपाल प्रतिनिधि समीरजंग शाहले जनाएका छन् ।
१९ स्वर्ण, १७ रजत र १७ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब दोस्रो स्थानम रहेको छ भने १५ स्वर्ण १२ रजत र २३ काँस्य पदक सहित नेपाल ए पि एफ क्लब तेस्रो स्थानम रहेको छ ।
यता ७ स्वर्ण, १३ रजत र ३२ काँस्य पदक प्राप्त गर्दै प्रदेश नम्बर ३ प्रदेश तर्पm अगाडि रहेको छ ।
सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ काँस्य पदक हात पारेको छ भने प्रदेश नम्बर २ ले ७ स्वर्ण, ७ रजत र ५ काँस्य पदक जितेको छ ।
गण्डकी प्रदेशले ६ स्वर्ण, ८ रजत र १८ काँस्य पदक जितेको छ भने प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र २१ काँस्य पदक हात पार्न सफल भएको छ ।
प्रदेश १ ले ३ स्वर्ण, ५ रजत र २५ काँस्य पदक जितेको छ भने प्रदेशहरुमा सबैभन्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, २ रजत र २ काँस्य पदक प्राप्त गरेको छ ।
यसैगरी, एन.आर.एन.ए ले १ स्वर्ण र २ काँस्य पदक जित्न सफल भएको छ ।
प्रतियोगितामा ३ विभागीय टोलीसहित, ७ वटै प्रदेश र एन.आर.एन.ए.को टोली सहभागी रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्