यात्रुहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन मुख्यमन्त्री राईको आग्रह

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात सञ्चालन गर्दा यात्रुुहरुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नु भएको छ । सरकारले असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरूसँग मुख्यमन्त्री राईले आज भर्चुअल छलफल गर्दै सो आग्रह गर्नु भएको हो ।
लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरूसँग छलफल गर्नुभएको हो । मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरूलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरूको विवरण तयार गर्न समेत आग्रह गर्नुभयो । उहाँले यातायात व्यवसायीहरूको साझा समस्याहरूलाई सरकारले सम्बोधन गर्दै जाने बताउनु भयो ।
उहाँले माक्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरू अपनाउँदै यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । यात्रुहरूलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यात्रुुहरुलाई गन्तव्यमा पुु¥याउन समेत उहाँले आग्रह गर्नुभयो । छलफलमा मुख्यमन्त्री राईले लामो दुरीका यात्रुहरूको विवरण राख्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरूले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरू सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा यातायात व्यवसायीहरूका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्