तपाईँ सुन्दै हुनुहुन्छः

थप १३ सय ५९ जनामा कोरोना संक्रमण, १३ सय ५४ संक्रमण मुक्त

काठमाडौं । कोरोना भाइसरबाट आज १ हजार ३ सय ५४ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १ हजार ३ सय ५४ संक्रमण मुक्त भएसंगै हाल सम्म २५ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार हाल सम्म ५८ प्रतिशत् संक्रमण मुक्त भएका छन् ।

यसैगरी आज १३ हजार ६ सय ३८ नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल सम्म ७ लाख ४५ हजार ४ सय ९० वटा नमूना परीक्षण गर्दा ४४ हजार ४ सय ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

मन्त्रालयका अनुसार आज काठमाडौका ३ सय ८६, भक्तपुरका ३६ र ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी चितवनका ८२, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, सुनसरीका ३९, नवलपरासी पूर्व र झापाका २८–२८, पर्साका २७, गोर्खा र सप्तरीका २६–२६, सुर्खेतका २२, जुम्ला र बाराका २१–२१ जनामा संक्रमण भएको छ ।

यस्तै, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लम्जुङका १०, दैलेखका ९, कपिलवस्तु, दाङ, र काभ्रेका ७–७, पाल्पाका ६, कञ्चनपुर र नुवाकोटका ५–५, डोटी र सिन्धुपाल्चोकका ४–४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी स्याङ्जा, दार्चूला, बझाङ र बैतडीका ३–३, गुल्मी, जाजरकोट, खोटाङ, ओखलढुंगा, रौतहट, दोलखा र सिन्धुलीका २–२ तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, सल्यान, रुकुम पश्चिम र अछामका १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

आज थप १४ जनाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

आज ४ जना महिला र १० जना पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button