मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

रुपन्देही । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा शुक्रवार रुपन्देहीमा एक जना युवाको मृत्यु भएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिका–६, का ४० वर्षीया मोटरसाइकल चालक समुजराम केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार शुद्धोधनका अर्का ३५ वर्षीया गुडिया केवट भने घाइते भएकी छन् ।
गैडहवा गाउँपालिका–५, तेलण्डियास्थित लुम्बिनी कलौनी भित्री सडक खण्डमा लु१४प ७९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा उनीहरू घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्