पोर्टल्याण्ड हिंसाको आरोप प्रत्यारोपमा ट्रम्प र बाइडन

काठमाडौं । अमेरिकाको पोर्टल्याण्ड सहरमा हिंसा भड्किए पछि, आगामी, नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका दुई प्रतिद्वन्दि बीच आरोप प्रत्यारोप सुरु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्राटिक पार्टिका उम्मेद्वार जो बाइडनले पोर्टल्याण्ड सहरमा फैलिएको दंङ्गा नियन्त्रण गर्न एक अर्काले उचित कदम नचालेको भन्दै आलोचना गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले पोर्टल्याण्ड सहरका मेयर टेड विइलरले सहरमा दङ्गा फैलिन दिएको र दङ्गालाई नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ भने वाइडनले राष्ट्रपति ट्रम्पले हिंसा फैलाउने काम गरेको आरोप लगाउनु भएको छ ।
गत मे महिनामा एक अश्वेत नागरिकको प्रहरीले गोली हानी हत्या गरेपछि पोर्टल्याण्ड सहरमा दैनिकै जस्तो हिंसक प्रर्दशनहरु भइरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्