तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको विस्कनसिनमा गोली चल्दा दुुईको मृत्यु

विस्कनसिन: अमेरिकाको विस्कनसिनमा एक अश्वेत व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी मारेको विरोधमा जारी प्रदर्शनमा गोली चल्दा दुुई जनाको मृत्यु भएको छ भने थप एक जना गम्भिर घाइते भएका छन् ।

विस्कनसिन प्रहरीले गोली प्रहार गरी हत्या गरेको आरोपमा १७ वर्षिय कायल रिट्टेनहाउसलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको, अन्तराष्ट्रिय समाचार संस्था अलजजीराले बताएको छ ।

२९ बर्षिय अश्वेत नागरिक जेकब ब्लेकलाई प्रहरीले कुनै उत्तेजना विनै गोली प्रहार गरेर मारेको भन्दै हजारौको संख्यामा प्रदर्शनकारीहरुले विस्कनसिनको लेकसाईड सहर भनेर चिनिने केनोशामा विगत केहि दिन देखी प्रदर्शन गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button